पुरानो करारअन्तर्गत राजा रहवामको समयमा त्यति बेलाका मानिसहरूले गरेकै कुरा आजका विश्‍वासीहरूले पनि गरिरहेका छन् । पुरानो करारमा इस्राएलका शत्रु आएर परमप्रभुको मन्दिरबाट सुन चोरेर लगे । त्यसपछि, राजा रहवामले मन्दिरबाट चोरिएको सुनको स्थानमा पीतल वा काँसाको उपयोग गरे । आज खीष्‍टीयनहरू त्यसै गरिरहेका छन् । उनीहरूले पीतल प्रयोग गरी मन्दिरको सुनको प्रतिस्थापना गरिरहेका छन् । नयाँ करारको मण्डलीका निम्ति रहेको परमेश्‍वरको योजना तथा उद्देश्य अनुसरण गर्नुको सट्टा आज खीष्‍टीयनहरू ‘संसाररूपी पीतलको’ अनसरण गरिरहेका छन् । पवित्र आत्माको वास्तविक प्रवाहमा बहनुको सट्टा उनीहरूले सांसारिक र शारीरिक प्रदर्शनलाई मण्डलीमा भित्र्याइरहेका छन् ।

परमेश्‍वरले पृथ्वीमा पवित्र आत्माको अर्को महान् वर्षा गराउन चाहिरहनु भएको छ । त्यसका निम्ति मानिसहरूले आफ्ना व्यक्तिगत योजना तथा उद्देश्यहरू छाडेर परमेश्‍वरको साँचो आराधनाको अनुसरण गर्नुपर्छ । ख्रीष्‍टको देह अहिले पृथ्वीमा प्रकट भएको परमेश्‍वरको महिमाको सुरुवाती बिन्दुमा छ तर परमेश्‍वरको आशिष्‌को नयाँ जागृति तब मात्र हुनेछ, जब मन्दिरबाट पीतल हटाइन्छ र ‘सुन’ फर्काएर ल्याइन्छ ।

प्रभु येशू खीष्‍टको दोस्रो आगमन अत्यन्त निकट रहेको छ । अतः त्यस महान् घडीलाई शिरोपर गर्दै पृथ्वीका बाँकी रहेका उहाँका कार्यहरू पूरा गर्नका लागि यी दिनहरूमा उहाँका योजना तथा उद्देश्यहरूको अनुसरण गर्नु नितान्त आवश्यक छ ।

विषयसूची

अध्याय १ प्रभुको दर्शन
अध्याय २ योजना, उद्देश्य र अनुसरण
अध्याय ३ यदि परमप्रभुले घर बनाउनुभएन भने
अध्याय ४ तपाईंको उद्देश्य के हो ?
अध्याय ५ ज्योतिमा जिउनु
अध्याय ६ आराधनाको तरिकामा परिवर्तन
अध्याय ७ आराधनाको समयमा नृत्य : शारीरिक कि आत्मामा ?
अध्याय ८ आदर: परमेश्‍वरको उपस्थिति र सामर्थ्यको साँचो
अध्याय ९ आत्माले भरिपूर्ण हुँदै आत्मिक कुरा गर्नु
अध्याय १० आत्माको प्रदर्शन
अध्याय ११ नयाँ करारको साँचो आराधना
अध्याय १२ मूल्य चुकाउनु

विनम्र अनुरोध तथा जानकारी !!
आशाको सन्देश नेपालले विगत १७ वर्षदेखि विभिन्न सञ्चारका माध्यमहरू प्रयोग गरी सुसमाचार प्रचार-प्रसारको कार्य गरिरहेको यहाँहरूलाई अवगत नै छ । यसै अन्तर्गत विगत दश वर्षदेखि दैनिक उपासना पुस्तिका "आजको वचन" अर्धवार्षिक रूपमा प्रकाशन गर्दै आईरहेको छ । यस दैनिक उपासना पुस्तिका "आजको वचन" नेपालका प्रायजसो सबै प्रदेश तथा जिल्लाहरुमा र विदेशमा रहनुभएका इशाईहरुका माझमा पनि सञ्चारका माध्यमहरुद्वारा अत्याधिक रुपमा पढिने र सुनिने लोक प्रिय दैनिक आत्मिक खुराकको रुपमा स्थापित हुँदै आइरहेको छ । अहिलेसम्म आजको वचन, ३४ औं अंक प्रकाशनमा आइसकेको छ । यो सेवाकार्यलाई यहाँसम्म ल्याउन सफल बनाउनुहुने हाम्रा विश्वासयोग्य परमेश्वरलाई धन्यषाद तथा यहाँहरुको निरन्तर प्रार्थना र सहायता गर्नुहुने सम्पूर्ण प्रियजनहरु प्रति हामी आभारी छौँ। यद्यपि यस सेवाकार्यलाई निरन्तरता दिई अझ धेरै प्रभुका जनहरुका माझमा यस उपासना पुस्तिकालाई पुर्याउनको निम्ति यहाँहरुको प्रार्थना अहितको प्रेम, आपसी सद्‌भाव एवंम् अन्य स्रोत र साधनका निम्ति आवश्यक आर्थिक सहयोगको अपेक्षा राख्दछौ । हजुरहरुको प्रार्थना 2 आर्थिक सहायताको निम्ति हार्दिक धन्यवाद !