<p>तपाईको परमेश्‍वरसँगको दैनिक हिँडाइ कस्तो छ? उहाँसँगको दैनिक हिँडाइलाई ठूलो महत्व दिँदै अघि बढ्दा ख्रीष्टियन जीवनमा आशिष र वृद्धि हुने निश्‍चय छ। यस पुस्तकको अध्ययनले तपाईलाई तपाईको परमेश्‍वरसँगको हिँडाईमा मद्दत गर्नेछ भन्‍ने आशा र प्रार्थना राखिएको छ। एक दिनमा एक अध्ययन पढ्‍नुहोस् र हरेक अध्ययन पछि प्रार्थनामा आफ्नो हृदय जाँच्नुहोस्। परमेश्‍वरको वचनको दैनिक अध्ययनले तपाईलाई आत्मिक रूपमा बलियो र ताजा राख्नेछ!</p>
<p>यस पुस्तकमा पवित्रशास्‍त्रमा उल्लेखित महत्वपूर्ण शिक्षाहरूलाई सविस्तार बयान गरिएको छ। मण्डली जीवन अन्तर्गत नियमित रूपमा संचालन गरिने विधिहरू, सामाजिक संस्कारहरू तथा कार्यक्रमहरूलाई बाइबलीय आधारमा स्पष्ट मार्ग निर्देशन गरिएबाट यस पुस्तकले मण्डली पास्टर तथा अगुवाहरूलाई ठूलो सहयोग हुने कुरामा आशा गरिएको छ।</p>