<p>यस पुस्तकको विषयवस्तु आफ्नै प्रकारको विधिमा आधारित छ । यी विधिबाट जीवनमा सफलतालाई आत्मसाथ गर्न सकिन्छ र यसलाई विश्वका कुना कुनामा रहेका सबैले प्रयोगमा ल्याउन सक्छन । साधारण भाषामा तयार पारिएको यस पुस्तकले सुखामय जीवन जिउनका लागि आवश्यक निर्देशन पनि उपलव्ध गराउने हुनाले यो पुस्तक महत्वपूर्ण छ । यो आधुनिक बाइबल हो, आधुनिक सुत्र हो, जीवनको अध्ययन हो ।</p>
<p>जीवनको तुलना सुरुंगसंग गर्न सकिन्छ जसको अगाडी यथार्थको कठोर चट्टान पर्खाल बनी उभिएको छ र अपराजित सोचले त्यो चट्टान फोड्न सक्तिशाली ड्रिलको काम गर्छ। यस प्रकारको विचार राखेको खण्डमा हामीले कहिल्यै हारको सामना गर्नु पर्ने छैन। यो अपराजित सोच व्यावहारिक सिधान्त मा आधारित सिधान्त हो, यसले आत्मा चिन्तन र प्रगतिको बिचमा सेतुको काम गर्छ। यो किताब पढेर आफुमा आत्मसात गर्नुहोस । यसलाई व्यवहारमा मा उतारेर आफ्नो सक्तिको रुपमा प्रयोग गर्नुस, ताकी तपाई पराजय जस्तो कुनै कुरा छैन बिजय मात्र छ भन्न सक्नुहोस ।</p>