Christian Books
Self-Help Books
Others
E-Books
Filtered By:
• Om Kumar Rai
book
• new
सफल दाम्पत्य जीवनका रहस्यहरू
• Nepali
ईसाई जगतमा लेखिएका धेरै पुस्तक, कथा संग्रह, कविता र भजनहरू नभएका होइनन् तर पनि पा. राईको यस पुस्तकले सरलता र समय सान्र्दभिकको साथसाथै परमेश्वरको जीवित वचनबाट उधृत पदहरूको जीवन्तता प्रदान गरेको छ ।
विवाह जस्तो जटिल प्रश्नहरूको सटिक प्रमाण सहितको प्रेरणादायी समाधानहरू परमेश्वरको वचनबाट लिइएकोले पनि यसका पाठकहरूले अवश्य एक उचित निर्णय लिन सक्नेछन् भन्ने विश्वास लिएको छु ।
आजको आधुनिक युगमा, सर्वसुलभ भौतिक र संचार सुविधाको संजालमा व्यस्त युवा समाज, नचाहँदा नचाहदै पनि अश्लीलताको जालमा फसिरहेको परिस्थितिमा यस पुस्तकले सुरक्षित अवतरणमा मद्दत मिल्नेछ । दाम्पत्य जीवनमा तनाव हुँदैछ वा बिग्रन लाग्दैछ भने यो पुस्तक त्यस्ता पाठकहरूको लागि असल औषधीको काम गर्नेमा विश्वस्त छु । नव दम्पत्ती र विवाहित जोडीको निम्ति पनि यो पुस्तकले आशिषमा लग्ने कुरामा निश्चिन्त छु ।
अन्त्यमा हाम्रा परमेश्वर पिताको प्रेम, प्रभू येशू खीष्टको अनुग्रह र पवित्र आत्माको संगति र अभिषेकले यस्तै समय सापेक्ष सदुपयोगी पुस्तकहरूको आशा राख्दै सफलताको निम्ति बधाई दिन चाहन्छु ।
book
• new
ह्रदयको घाउको उपचार
• Nepali
हृदयको घाउ, मनको चोट भनेको के हो ?
"हृदयको घाउ” र “मनको चोट” भनेका प्रतीकात्मक शब्दहरू हुन्, जसले मानिसको भावनात्मक पीडा, दुःख वा गहिरो चोटलाई जनाउँछ ।লাচ
क) हृदयको घाउ :
यो शब्दले प्रेम, विश्वास वा सम्बन्धमा आएको गहिरो चोटलाई जनाउँछ ।
जस्तै :
• कसैले धोका दिदा
• अपेक्षा पूरा नहुँदा
• प्रियजन गुमाउँदा
यस्तो चोटले मानिसलाई गहिरो रुपमा पीडा दिन्छ, जसलाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ ।
ख) मनको चोट :
यो व्यापक अर्थमा प्रयोग हुन्छ । यो कुनै पनि घटनाले मानिसको मनोबल, आत्मसम्मान वा भावनात्मक स्थायित्वमा असर पर्दा अनुभव गरिने पीडालाई जनाउँछ ।
जस्तैः अपमान, असफलता वा अस्वीकृति हुँदा मनमा चोट लाग्दछ ।
यी चोटहरू देखिँदैनन् तर यसले गहिरो असर पुऱ्याउन सक्छन् । समय, माया र समर्थनले मात्र यस्तो घाउ निको हुन्छ भन्ने विश्वास गरिन्छ ।
हृदयमा लागेको घाउ, मनमा भएको चोटको दीर्घकालीन उपचार र यसको निदान मानिसबाट सम्भव नै छैन ।
किनकी मानिसले दिने समय, माया र समर्थनमा स्वार्थ लुकेको हुँदछ । त्यसैले यसको उपचारको लागि निःस्वार्थ रुपमा समय, माया र समर्थन दिने बाइबलले भनेको येशू ख्रीष्टको खाँचो छ ।