<p>तपाईको परमेश्‍वरसँगको दैनिक हिँडाइ कस्तो छ? उहाँसँगको दैनिक हिँडाइलाई ठूलो महत्व दिँदै अघि बढ्दा ख्रीष्टियन जीवनमा आशिष र वृद्धि हुने निश्‍चय छ। यस पुस्तकको अध्ययनले तपाईलाई तपाईको परमेश्‍वरसँगको हिँडाईमा मद्दत गर्नेछ भन्‍ने आशा र प्रार्थना राखिएको छ। एक दिनमा एक अध्ययन पढ्‍नुहोस् र हरेक अध्ययन पछि प्रार्थनामा आफ्नो हृदय जाँच्नुहोस्। परमेश्‍वरको वचनको दैनिक अध्ययनले तपाईलाई आत्मिक रूपमा बलियो र ताजा राख्नेछ!</p>