अवरोधलाई तोड्ने क्रान्तिकारी प्रकाश
एफिसी १:१७-२३ मा भएको प्रार्थनामा प्रत्येक विश्‍वासीको सबैभन्दा ठूलो आवश्यकता अभिव्यक्त भएको छ । जसै तपाईं “क्रान्तिकारी प्रकाश” पढ्नुहुन्छ, यसको जीवन परिवर्तन गर्ने सामर्थ्य बुझेर अनुभव गर्नुहोस् ।
हामी को हौँ र खीष्टमा हामीसँग के छ भन्‍ने अलौकिक प्रकाशद्वारा प्रत्येक विश्‍वासीका लागि उपलब्ध भएको विशाल सामर्थ्यको पहुँचमा हामी पुग्‍न सक्छौँ । यसले सबै कुरा परिवर्तन गर्दछ ।

विश्‍वासमा हुने प्रत्येक महत्त्वपूर्ण प्रगति प्रकाशमा हुने प्रगतिबाट आउँछ ।

परमेश्‍वरको आशिष् प्राप्त गर्ने सम्बन्धमा हुने प्रत्येक महत्त्वपूर्ण प्रगति प्रकाश र समझमा हुने प्रगतिबाट आउँछ ।

हाम्रो जीवनमा परमेश्‍वरको बोलावट पूरा गर्ने सम्बन्धमा हुने प्रत्येक अग्रगमन बुद्धि र प्रकाशको आत्मामा हुने महत्त्वपूर्ण प्रगतिबाट आउँछ ।

क्रान्तिकारी प्रकाशले क्रान्तिकारी परिणाम उत्पन्‍न गर्दछ ।

भाग एक: प्रकाशित ज्ञान

१ परमेश्‍वरका रहस्यहरू
२ यसले सबै कुराहरूलाई परिवर्तन गर्दछ
३ क्रान्तिकारी प्रगति
४ निर्णायक विन्दु
५ परिवर्तनको भाषा
६ अदृश्यलाई देख्नु
७ असीमित सम्भावनाहरू
८ आफूलाई वचनमा पत्ता लगाउनुहोस्

भाग दुई : क्रान्तिकारी प्रकाश
९ तपाईंले थाहा पाउन सक्नुहुन्छ
-परमेश्‍वरको बोलावटको आशा
-प्रचुर उत्तराधिकार
-उहाँको शक्तिको असीम महानता
१० प्रथम श्रेणीको धार्मिकता
११ साहसको एक नयाँ दिन
१२ प्रकाशले समर्पणलाई उर्जा दिन्छ
१३ प्रकटीकरण हुने ज्ञानको बाली हुर्काउनु

भाग तीन : क्रान्तिकारी प्रकाशले क्रान्तिकारी परिणाम ल्याउँछ
१४ बुद्धिका लागि पुकार्नुहोस्
१५ पवित्र आत्मा : सम्पूर्ण सत्यतामा डोऱ्याउने तपाईंको मार्गदर्शक
१६ पवित्र आत्मा : निपुण व्यक्ति

भाग चार : क्रान्तिकारी सम्बन्धहरू
१७ अलौकिक सम्बन्धहरू र प्रकाश