जयवन्त मण्डली

Author: Kenneth E. Hagin
Price

Rs. 500/-

जयवन्त मण्डली / The Triumphant Church

यस पुस्तकले आत्मिक क्षेत्रको बारेमा गहिरा कुरा बताउँछ; जसमा परमेश्‍वर, स्वर्गदूतहरू, शैतान तथा भुतआत्माहरू पर्दछन् । यो पुस्तक पढेर तपाईंले यस संसारमा मानव जीवनमा असर पार्ने त्यस्ता विभिन्‍न दृश्य तथा अदृश्य शक्तिहरू अनि अधिकारहरू छन् तर यी सबैमाझमा पनि, विश्‍वासीलाई परमेश्‍वरले दिनुभएको अधिकारको स्थान धेरैले विचार गरेभन्दा माथि छ भन्‍ने कुरा बुझ्नु हुनेछ ।

किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्‌दैनौं । किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन्, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ । परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं । 

– २ कोरिन्थी १०:३-५

रेभ. केनथ ई. हेगनको पुस्तक जयवन्त मण्डली : अन्धकारका सारा सामर्थ्यमाथिको प्रभुत्‍व शैतान तथा दुष्‍ट आत्मा सम्बन्धी एउटा बृहत बाइबलीय अध्ययन पुस्तक हो । रेभ. हेगनले पवित्रशास्त्र बाइबलबाट लुसिफरको उत्पत्ति र शैतान कसरी यो संसारको देव भयो भन्‍ने विषयमा गहिरो अध्ययन गर्नुभएको  छ । यस पुस्तकमा रेभ. हेगनले उत्पीडन, मनोग्रस्तता र कब्जाबीचमा भिन्‍नता देखाउँदै विभिन्‍न तरिकाबाट विश्‍वासीहरूले शैतानलाई दिने पहुँचको विषयमा छलफल गर्नुभएको छ ।
यस पुस्तकले हरेक विश्‍वासीका लागि परमेश्‍वरले निर्धिष्‍ट गर्नुभएको विजयी जीवन जिउनका लागि आफ्नो जीवनमा शैतानको पराजय कसरी लागू गर्न सकिन्छ भनी देखाएको छ । प्रभु येशू ख्रीष्‍टमा आफूले पाएको अधिकार एक पटक तपाईंले देखिसकेपछि जयवन्त स्थान प्राप्त गर्न तपाईंले ‘युद्ध’ गर्ने प्रयास गर्नुपर्दैन ।
एक विश्‍वासी भएका कारणले तपाईं अहिले सम्पूर्ण प्रधानता, शक्ति तथा सामर्थ्यभन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा ख्रीष्‍टसँगै बसाइनुभएको छ । अतः तपाईंले शैतानलाई आफूभन्दा तल देख्‍नुहुन्‍न भने,तपाईं त्यति माथि...

  • - +

जयवन्त मण्डली / The Triumphant Church

यस पुस्तकले आत्मिक क्षेत्रको बारेमा गहिरा कुरा बताउँछ; जसमा परमेश्‍वर, स्वर्गदूतहरू, शैतान तथा भुतआत्माहरू पर्दछन् । यो पुस्तक पढेर तपाईंले यस संसारमा मानव जीवनमा असर पार्ने त्यस्ता विभिन्‍न दृश्य तथा अदृश्य शक्तिहरू अनि अधिकारहरू छन् तर यी सबैमाझमा पनि, विश्‍वासीलाई परमेश्‍वरले दिनुभएको अधिकारको स्थान धेरैले विचार गरेभन्दा माथि छ भन्‍ने कुरा बुझ्नु हुनेछ ।

किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्‌दैनौं । किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन्, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ । परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं । 

– २ कोरिन्थी १०:३-५

रेभ. केनथ ई. हेगनको पुस्तक जयवन्त मण्डली : अन्धकारका सारा सामर्थ्यमाथिको प्रभुत्‍व शैतान तथा दुष्‍ट आत्मा सम्बन्धी एउटा बृहत बाइबलीय अध्ययन पुस्तक हो । रेभ. हेगनले पवित्रशास्त्र बाइबलबाट लुसिफरको उत्पत्ति र शैतान कसरी यो संसारको देव भयो भन्‍ने विषयमा गहिरो अध्ययन गर्नुभएको  छ । यस पुस्तकमा रेभ. हेगनले उत्पीडन, मनोग्रस्तता र कब्जाबीचमा भिन्‍नता देखाउँदै विभिन्‍न तरिकाबाट विश्‍वासीहरूले शैतानलाई दिने पहुँचको विषयमा छलफल गर्नुभएको छ ।
यस पुस्तकले हरेक विश्‍वासीका लागि परमेश्‍वरले निर्धिष्‍ट गर्नुभएको विजयी जीवन जिउनका लागि आफ्नो जीवनमा शैतानको पराजय कसरी लागू गर्न सकिन्छ भनी देखाएको छ । प्रभु येशू ख्रीष्‍टमा आफूले पाएको अधिकार एक पटक तपाईंले देखिसकेपछि जयवन्त स्थान प्राप्त गर्न तपाईंले ‘युद्ध’ गर्ने प्रयास गर्नुपर्दैन ।
एक विश्‍वासी भएका कारणले तपाईं अहिले सम्पूर्ण प्रधानता, शक्ति तथा सामर्थ्यभन्दा धेरै माथि स्वर्गीय स्थानहरूमा ख्रीष्‍टसँगै बसाइनुभएको छ । अतः तपाईंले शैतानलाई आफूभन्दा तल देख्‍नुहुन्‍न भने,तपाईं त्यति माथि हुनुहुन्‍न ! उठ्नुहोस् र ख्रीष्‍टमा आफूले पाएको स्थान लिनुहोस् ! स्वगीय स्थान तपाईंको हो । ख्रीष्‍टमा जयर्वन्त मण्डली भई आफ्नो स्थान लिन सिक्नुहोस्, जुन सदासर्वदा विजयको स्थान हो !

विषयसूची

अध्याय एक          शैतान र त्‍यसको राज्यको उत्पत्ति
अध्याय दुई           मानिसको सही विभाजनः आत्मा, प्राण र शरीर
अध्याय तीन          शैतान हो कि हाम्रो शरीरको अभिलाषा ?
अध्याय चार          उत्पीडन, मनोग्रस्तता र कब्जाबीचका भिन्‍नताहरूको पहिचान
अध्याय पाँच          के ख्रीष्‍टीयनसँग भूित आत्मा हुनसक्छ ?
अध्याय छ             दुष्‍ट आत्माको सामना कसरी गर्ने ?
अध्याय सात          परमेश्‍वरको विवेक
अध्याय आठ         आत्मिक युद्ध: तपाई लड्दै हुनुहुन्छ कि विश्राम लिइरहनुभएको  छ ?
अध्याय नौँ             शैतानका किल्लाहरू ध्वस्‍त पार्नु
अध्याय दश           अन्‍धकारको राज्यलाई असफल पार्न बाइबलअनुसार प्रार्थना गर्नु
अध्याय एघार         के छुट्काराको सेर्वकाइ पवित्रशास्‍त्रअनुसार [बाइबलीय] छ ?
अध्याय बाह्र           छुट्काराको सेर्वकाइ गर्ने बाइबलीय तरिका

Author: Kenneth E. Hagin
Language: Nepali
Publication: Shadba Prakashan
Published on: 2025-04-28
Edition: First
Size: Standard (A5)
Total Pages: 352
Weight: 540g